आरजु र सिटौलालाई पक्राउ गर्न निर्देशन दिइएको छैन : गृह प्रवक्ता

आरजु र सिटौलालाई पक्राउ गर्न निर्देशन दिइएको छैन : गृह प्रवक्ता

कहिरन समाचार

काठमाडौं । गृह मन्त्रालयले नेपाली कांग्रेसका नेताद्वय डा. आरजु राणा देउवा र कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको प्रष्टीकरण दिएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा डा। देउवा र सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको बताएका हुन् ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन’ शीर्षकमा सार्वजनिक संचारमाध्यममा समाचार प्रकाशन भएपछि गृहले त्यसको खण्डन गरेको हो ।

साथै मन्त्रालयले नेपाल प्रहरीबाट नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढी अदालतमा अभियोजन माग दावी लिई मुद्दाको पुर्पक्ष भइरहेको उल्लेख गर्दै भ्रष्टाचार र अपराध नियन्त्रण लगायतका अनुसन्धान प्रक्रियालाई दबाबरहित बनाई प्रहरी निकायलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न मन्त्रालयको नेतृत्व तहबाट निरन्तर सहजीकरण र निर्देशन हुने गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।