टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

कहिरन समाचार

काठमाडौं । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा परेको छ । नक्कली शरणार्थी प्रकरणको मुद्दामा जिल्ला अदालत काठमाडौंले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा पठाएसँगै प्रतिनिधिसभा सदस्य पदबाट निलम्बित भएका हुन् ।

प्रतिनिधिसभा नियमावलीको नयाँ नियम १४८ को उपनियम ३ मा फौजदारी अभियोगमा समातिएका सांसद थुनामा गएमा सांसद पद स्वतः निलम्बन हुने व्यवस्था अनुसार रायमाझी निलम्बनमा परेका हुन् । फौजदारी अभियोगमा थुना या फरार रहेमा सांसदले पाउँदै आएको सेवा सुविधा समेत रोकिने प्रावधान छ ।

उक्त प्रावधानअनुसार अब रायमाझीको सांसद पद निलम्बन भएको सुचना प्रतिनिधिसभाको आगामी बैठकमा सभामुखले पढेर सुनाउनेछन् । उनी गत मंसिर ४ गतेको निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका थिए ।