कोशी प्रदेशको चालु अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याइने

कोशी प्रदेशको चालु अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याइने

कहिरन समाचार

विराटनगर । कोशी प्रदेशसभाको चालु बजेट अधिवेशन अन्त्य भएको छ । बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरि अन्त्य गरेका हुन् ।

बजेट अधिवेशन अन्त्य गरेको कोशी सरकारले अब अध्यादेशबाट बजेट ल्याउनेछ । संविधान र कानुनअनुसार असार १ गतेसम्ममा प्रदेशसभामा सरकारले बजेट पेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ ।

प्रदेशसभामा आज प्रदेश प्रमुख खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसमाथि छलफलसमेत नगराई सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेको हो ।

नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अल्पमतमा परेका छन् ।