प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता

प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता

कहिरन समाचार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई विरुद्ध पूर्व बालसेनाले दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

नेकपा (माओवादी केन्द्र)को दशक लामो सशस्त्र द्वन्द्वकालका बालसेनाहरूको योगदानको अवमूल्यन गरेको भन्दै पूर्व बालसेनाहरूले सर्वोच्च अदालतमा रिट दिएका हुन् । रिटको पेसी मंगलबारका लागि तोकिएको छ । उक्त मुद्दा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा परेको छ ।

पूर्व बालसेनाहरू लेनिन विष्ट, कृष्णप्रसाद दंगाल, परमेश्वर खड्का, शोभा रायमाझी, तुलसी नेपाल, सागरकुमार चौहान, मदन राई, राजन तामाङ र खेमबहादुर राईले रिटमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सहित गृह मन्त्रालय, रक्षा मन्त्रालय लगायतलाई विपक्षी बनाएका छन् ।

यसअघि सर्वोच्च अदालत प्रशासनले यो संक्रमणकालीन न्यायको विषय भएकाले नियमित अदालतमा प्रवेश गर्न नसक्ने भन्दै गत जेठ १६ गते दरपीठ गरेको थियो । त्यस विरुद्ध पूर्व बालसेनाहरूले इजलासमा निवेदन दिएका थिए । सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले रिट दरपीठ गर्ने निर्णय खारेज गर्दै गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो ।