यी हुन् नेपाल-भारतबीच भएका सात सम्झौता

यी हुन् नेपाल-भारतबीच भएका सात सम्झौता

कहिरन समाचार

काठमाडौं । नेपाल र भारतबीच सात वटा सम्झौता भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार द्वीपक्षीय सम्झौता भएको हो ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदबीच हैदराबाद हाउसमा भएको बार्ता साथै प्रतिनिधिमण्डल स्तरमा पनि भएको वार्तापछि संयुत्त पत्रकार सम्मेलन गरी सहमति सार्वजनिक भएको हो ।

नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण गर्ने सम्झौतामा सहमति भएको छ । सन् २०१९ मै म्याद सकिए पनि सन्धिको परिमार्जनका विषयमा सहमति हुन नसक्दा नवीकरण हुनसकेको थिएन ।

यस्तै, सीमापार पेट्रोलियम पाइपलाइन विस्तार गर्ने सम्झौता भएको छ । यस अन्तर्गत भारतको अमलेखगन्जबाट चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिनेछ भने पूर्वमा सिलिगुढीबाट झापासम्म पेट्रोलियम पाइपलाइन ल्याइनेछ ।

यस्तै नेपाल-भारतबीच परराष्ट्र मामिलाका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । यसमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषमा स्वराज इन्स्टिच्यूटबीच सहकार्य गर्ने सम्झौता भएको हो ।

यस्तै कञ्चनपुरको दोधारा चाँदनीमा एकीकृत जाँच चौकी निर्माण गर्ने सम्झौता भएको छ । अहिले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ ।

यस्तै तल्ला अरुण जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता ९पीडीए० भएको छ । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको हो ।

यस्तै फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि सम्झौता भएको छ । नेपाल सरकार स्वामित्वको विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीको समेत लगानीमा निर्माण हुने भएको हो ।

यस्तै, नेपाल र भारतबीच दुई पक्षीय विद्युतीय भुत्तातीमा सम्झौता भएको छ । नेपाल-भारतबीच क्रसबोर्डर पेमेन्ट (डिजिटल भुक्तानी) सम्झौता नेपाल क्लियरिङ हाउस र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डिया बीच सम्झौता भएको हो । यसले नेपालबाट भारत अध्ययनका लागि जाने विद्यार्थी, पर्यटक र उपचारका लागि जाने बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ ।