नागरिकता बिधयेक प्रमाणीकरण गराउन सरकारको ताकेता

नागरिकता बिधयेक प्रमाणीकरण गराउन सरकारको ताकेता

कहिरन समाचार

काठमाडौं । सरकारले पुरानो संसद्ले पारित गरेको नागरिकता बिधयेक प्रमाणीकरण गराउन ताकेता गरेको छ । सत्ता गठबन्धनको समर्थनमा राष्ट्रपति बन्नु भएका रामचन्द्र पौडेललाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेका नागरिकता विधेयक नै प्रमाणीकरण गर्न सरकारको दवाव परेको छ ।

तत्कालीन राष्ट्रपति भण्डारीले अस्वीकार गर्नु भएको संसद्को दुवै सदनले पारित गरेको नागरिकता विधेयक नयाँ सांसद चुनिएर आइसकेपछि जस्ताको तस्तै प्रमाणिकरण गर्न राष्ट्रपति पौडेलमाथि सरकारले नै दवाव बढाएको छ ।

विधेयक प्रमाणीकरण गराउन बर्तमान सत्ता गठबन्धनको दौडधुप बाक्लिएको छ । सरकारले पुरानो विधेयक प्रमाणीकरण हुने दाबी समेत गरेको छ । संविधान अनुसार नै राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुने विश्वास सरकारले लिएको सरकारका प्रबक्ता रेखा शर्माले बताइन् ।

‘ नागरिकताको बिषयमा अघिल्लोे मन्त्रीपरिषद् बैेठककोे निर्णय गरेर राष्ट्रपति कहाँ पठाएका हौ । त्यस बिषयमा राष्ट्रपतिले संबिधान अनुसार अधिकारको प्रयोग गरेर प्रमाणीकरण गनुहुनेछ भन्ने आशा छ’, उनले भनिन् ।

शीर्ष नेताहरुले बिद्येयक प्रमाणीकरण गर्न आग्रह गरेपनि राष्ट्रपति पौडेलले भने संवैधानिक आधार खोज्नु भएको छ । राजनीतिक दलहरूको दाउपेचले अलपत्र परेको नागरिकता विधेयक टुंगोमा पुग्न नसक्दा पाँच लाख बढी नागरिकले अझै नागरिकता पाउन सकेका छैनन् ।