प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

कहिरन समाचार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तालिका सार्वजनिक भएको छ । नेपालको परराष्ट मन्त्रालय र भारतको विदेश मन्त्रालयले शनिबार एकसाथ प्रधानमन्त्री प्रचण्डको भ्रमणको तालिका सार्वजनिक गरेका हुन् ।

तालिका अनुसार प्रचण्ड १७ गते नयाँदिल्ली प्रस्थान गर्ने छन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा मन्त्रीहरू, सचिवहरू, नेपाल सरकारका उच्च अधिकारीहरू र स्वकीय सचिव गंगा दाहाल लगायतको सहभागिता रहने मन्त्रालयले जनाएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण हो ।

भ्रमणका क्रममा नयाँदिल्लीमा रहँदा प्रचण्डले समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदीमुर्मु र उपराष्ट्रपति हामिद अंसारीसँग भेटवार्ता गर्ने कार्यसूची छ । उनले जेठ १८ गते भारतीय समकक्षी मोदीसँग हैदरावाद हाउसमा वार्ता गर्नेकार्यतालिका छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र मोदीले द्विदेशीय साझेदारीका विविध क्षेत्रमा छलफल गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले भ्रमणको तेस्रो दिन १९ जेठमा भारतको मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यतालिका छ ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्री दाहाल २० गते स्वदेश फर्किने कार्यक्रम छ ।