संघीय संसदको संयुक्त बैठक बस्दै

संघीय संसदको संयुक्त बैठक बस्दै

कहिरन समाचार

काठमाडौं । संघीय संसदको संयुक्त बैठक बुधबार बस्दैछ । संयुक्त बैठक अपराह्‌न ४ बजे बोलाइएको छ ।

बैठकमा संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस हुने सभामुख देवराज घिमिरेले बताए ।

प्रतिनिधिसभाको बैठक आजै बिहान ११ बजे बस्नेछ । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफल जारी छ ।