राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

कहिरन समाचार

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिए पछि निर्णयार्थ प्रस्तुत गरिएको मंगलबार नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

राष्ट्रिय सभा सदस्यहरु तुलसाकुमारी दाहाल, विमला घिमिरे र डा.विमाल राई पौडेलले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेश गरेका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक जेठ १४ गते १ बजेर १ मिनेटमा बोलाइएको छ ।