अर्थ समितिमा अर्थमन्त्री र रास्वपाका सांसदबीच भनाभन (अडियोसहित)

अर्थ समितिमा अर्थमन्त्री र रास्वपाका सांसदबीच भनाभन (अडियोसहित)

कहिरन समाचार

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शनिबारको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महत र सांसदबीच भनाभन भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरु दोह¥याएको भन्दै अर्थमन्त्री महतले जिज्ञासामात्रै राख्नु भनेपछि उनीहरुबीच भनाभन भएको हो ।

समितिको बैठकमा बोल्ने क्रममा सांसद श्रेष्ठले डाँडाको टुप्पोमा भ्युटावर भनेको कस्तो बेबकुफ भन्ने शब्द प्रयोग गरेपछि मन्त्री महतले अर्थतन्त्र र बजेटको बारेमा जिज्ञासा राख्न आग्रह गरेका थिए ।

मन्त्री महतले आफूले यस्ता विषयहरु बुझिसकेको भनेपछि पुनः सांसद श्रेष्ठले निजी क्षेत्रले सरकारलाई विश्वास गर्न नसकेको कुरा उठाए । उनले वित्तीय संस्थालाई नियमन कसरी गर्ने ? र तीन खम्बे अर्थनीतिको कुरा गरेपछि पुनः मन्त्री महतले आफूले यस बारेमा बुझिसकेको प्रतिक्रिया दिएका थिए ।

अडियो

 

यस्तै अर्थमन्त्री महतले आफूलाइ ढिला भइसकेको भनेपछि सांसद श्रेष्ठले मन्त्री महतलाई हतार नगर्न आग्रह गरे । उनले मन्त्री महतलाई हतार भए जानुहोस्, भन्दै असहमति प्रकट गरेका थिए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताए । उनले कागजपत्र, नियमावली संशोधन र सके संवधान नै संशोधन गरेर नीतिगत भ्रष्टाचार हुने गरेको बताएका थिए ।

अर्थमन्त्री महतले कुनै व्यापारिक घराना वा निश्चित बर्गलाई फाइदा हुने गरि करको दर हेरफेर नहुने स्पष्ट पारे । अर्थमन्त्री महतले कसैको व्यक्तिगत हितका लागि करको दायरा हेरफेर लगाएतका नीतिगत भ्रष्टाचार नहुने र नदिनेमा जोड दिए ।