सरकारको नीति तथा कार्यक्रम बेकारको पुलिन्दा : केपी ओली

सरकारको नीति तथा कार्यक्रम बेकारको पुलिन्दा : केपी ओली

कहिरन समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम बेकारको पुलिन्दा मात्रै भएको टिप्पणी गरेका छन् ।

एमाले संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यसबर्षको नीति तथा कार्यक्रम अस्पष्ट, अन्यौल ग्रस्त र दिशाहिन भएको बताउँदै कति बर्षमा सरकारले कति लक्ष्य हासिल गर्ने भन्ने बिषय कहिँ कतै उल्लेख नै नगरेको दाबी गरे ।

आफूहरु सरकारमा हुँदा ल्याएकै कार्यक्रम तानतुन गरेर मिलाएको भन्दै उनले नजान्ने विद्यार्थीले चिट चोरे जस्तो गरेको बताए ।

ओलीले भोली बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारकारको नीति तथा कार्यक्रमका साथै समसामयिक बिषयमा आफुले सम्बोधन गर्न लागेको पनि जानकारी दिए ।

ओलीले भोलीको बैठकमा सबै एमाले सांसदहरुलाई नीति तथा कार्यक्रम, पञ्चबर्षिय योजना, सबिंधान र मौलिक हकका बिषयमा खरो ढङ्गले प्रस्तुत हुन निर्देशन पनि दिएका छन् ।