नागरिक उन्मुक्ति पार्टीको नेपाल बन्द कार्यक्रम फिर्ता

नागरिक उन्मुक्ति पार्टीको नेपाल बन्द कार्यक्रम फिर्ता

कहिरन समाचार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ । नागरिक उन्मुक्तिले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको हो ।

नागरिक उन्मुक्तिका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र सदनमै फौजदारी विधेयकमार्फत् राजबन्दीको रिहाइ गर्ने बताएपछि अर्को सूचना नभएसम्मका लागि आन्दोलन फिर्ता लिएको पार्टी प्रवक्ता दामोदर पण्डितले जानकारी दिए ।

पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीलाइ टीकापुर घटनामा जिल्ला र उच्च अदालतको फैसलालाई जेठ २ मा सर्वोच अदालतले सदर गरेपछि नागरिक उन्मुक्तिले ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको थियो ।