कस्तो छ सरकारको नीति तथा कार्यक्रममा (हेर्नुहोस् पूर्णपाठ)

कस्तो छ सरकारको नीति तथा कार्यक्रममा (हेर्नुहोस् पूर्णपाठ)

कहिरन समाचार

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम संघीय संसद्‍मा प्रस्तुत भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

राष्ट्रपति पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरूप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताए । उनले पछिल्लो समय राजस्व, वैदेशिक सहायता र वैदेशिक लगानीमा सकारात्मक प्रभाव परेको र विप्रेषण आप्रवाह बढेको बताए ।

नीति तथा कार्यक्रमले समृद्ध नेपाल निर्माणका साथै संघीयताको प्रभावकारी कार्यान्वयन हुने र मजबुत अर्थतन्त्र निर्माण हुने विश्वास लिएको राष्ट्रपति पौडेलले बताए । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि छलफल हुनेछ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्न यहाँ क्लीक गर्नुहास् ।