उच्चपदस्थ कर्मचारी र नेताको सम्पत्ति छानबिन गर्ने घोषणा

उच्चपदस्थ कर्मचारी र नेताको सम्पत्ति छानबिन गर्ने घोषणा

कहिरन समाचार

काठमाडौं । सरकारले उच्चपदस्थ कर्मचारी र नेताको सम्पत्ति छानबिन गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रममा उच्चपदस्थ लगायत जो कोहीले आर्जन गरेको गैरकानूनी सम्पत्तिलाई छानबिनको दायरामा ल्याउने उल्लेख छ ।

त्यसैगरी सरकारले कसूरजन्य सम्पत्तिलाई अभिलेख गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । यस्तै संवैधानिक आयोगका सिफारिसलाई कार्यान्वयन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।