नक्कली शरणार्थी प्रकरण: आङ्टावा शेर्पाले गरे आत्मसमर्पण

नक्कली शरणार्थी प्रकरण: आङ्टावा शेर्पाले गरे आत्मसमर्पण

कहिरन समाचार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित कांग्रेसका पूर्वसांसद आङ्टावा शेर्पाले सोमबार काठमाडौं प्रहरी परिसर टेकु पुगेर आत्मसमर्पण गरेका छन् ।

परिसरका प्रवक्ता एसपी सीताराम रिजालले आङ्टावा शेर्पा प्रहरी कार्यालयमा आएको जानकारी दिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा शेर्पाविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको थियो ।

हिरासतमा रहेका आरोपितलाई भेटेर यस मुद्दामा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई नपोल्न भन्दै प्रभावमा पारेको आरोप उनीमाथि लागेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका पूर्वसचिव टेकनारायण पाण्डेसहित १३ जना पक्राउ परिसकेका छन् ।

साथै, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा भने फरार रहेका छन् ।