टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

कहिरन समाचार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

सोमबार जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ गरेको थियो ।