‘नक्कली शरणार्थी प्रकरणमा निर्दोष फस्दैन, भ्रष्टाचारीलाई छोड्दैन’

‘नक्कली शरणार्थी प्रकरणमा निर्दोष फस्दैन, भ्रष्टाचारीलाई छोड्दैन’

कहिरन समाचार

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा निर्दोष ब्यक्ती नफस्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने तर निर्दोष ब्यक्ती नफस्ने स्पष्ट पारे ।

उनले खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए । आजै गृह मन्त्रालयमा नेपाली कांग्रेसका नेताहरूसँगको भेटमा पनि उनले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता राखेर काम गरेको बताएका थिए ।

उनले भने, ‘हाम्रो देशमा अरू थुप्रै समस्या छन् । कमिसन र भ्रष्टाचारले देश जर्जर छ । कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ र सामाजिक आर्थिक रूपान्तरणको प्रक्रिया तीव्र पार्नुपर्छ ।’