टोपबहादुर रायमाझी पार्टीको जिम्मेवारीबाट निलम्बित

टोपबहादुर रायमाझी पार्टीको जिम्मेवारीबाट निलम्बित

कहिरन समाचार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई एमालेले निलम्बन गरेको छ । नेकपा एमालेले रायमाझीलाई पार्टीको सचिव पदबाट निलम्बन गरेको हो ।

एमाले महासचिव शंकर पोखरेलद्वारा बुधबार जारी विज्ञप्तिमा राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको उल्लेख छ ।

पक्राउ पुर्जी जारी भएको सूचनापछि रायमाझी फरार छन् । उनलाई खोज्न प्रहरी परिचालन गरिएको छ । एमालेले रायमाझिलाई आत्मसमर्पण गरेर अनुसन्धानमा सघाउन आग्रह गरेको छ ।