रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

कहिरन समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

यसअघि तत्कालीन केपी शर्मा ओलीसहितको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाले उपप्रधानसहित गृह, शिक्षा‚ विज्ञान तथा प्रविधि र श्रम‚ रोजगार तथा सामाजिक विकास मन्त्रालय पाएको थियो ।

तर नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चको आदेशपछि रवि लामिछानेको सांसद पद गएपछि उनले गृहमन्त्रालय गुमाएका थिए । त्यसपछि रास्वपाका अरू मन्त्री सरकारबाट फिर्ता भए पनि रास्वपाले समर्थन फिर्ता लिएको थिएन ।