काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा दुई सचिव नियुक्त गरेका छन् ।
सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधिसभा सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याललाई नियुक्त गरिएको हो ।
संसद्का महासचिव भारतराज गौतमले दुवैलाई नियुक्त गरेको पत्र राष्ट्रपति कार्यालयबाट संघीय संसद् सचिवालयलाई प्राप्त भएको जानकारी दिए । सचिवमा नियुक्त दुवैको पद तथा गोपनियताको शपथ आइतबारका लागि तय भएको छ ।
पाण्डेय र अर्याललाई यही वैशाख १७ गते नियुक्ति सिफारिस गरिएको थियो । प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालको कार्यकाल वैशाख १५ मा सकिएको थियो ।
सभामुखले प्रतिनिधिसभा सचिव र राष्ट्रिय सभा अध्यक्षले राष्ट्रिय सभा सचिव राष्ट्रपतिसमक्ष सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया