संसदीय दलको नेतामा रवि लामिछाने चयन

संसदीय दलको नेतामा रवि लामिछाने चयन

कहिरन समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति रवि लामिछाने संसदीय दलको नेतामा चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो ।

यसअघि सोमबार नै बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता चयन गर्न संसदीय दललाई निर्देशन दिएको थियो ।

१० वैशाखमा सम्पन्न उपनिर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने दलको नेतामा चयन भएका हुन् ।

गत शनिबार डीपी अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।