समाजवादी मोर्चा गठनको तयारी भइरहेको छ : माधव नेपाल

समाजवादी मोर्चा गठनको तयारी भइरहेको छ : माधव नेपाल

कहिरन समाचार

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादमा प्रतिबद्ध पार्टीहरूका बीचमा मोर्चा बनाउने तयारी भइरहेको बताएका छन् ।

शुक्रबार समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा एकताबद्ध हुने कुरा पनि भइरहेको बताएका हुन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायतका अन्य पार्टीहरूसँग पनि मोर्चा बनाउने विषयमा छलफल भइरहेको नेपालले दोहोर्‍याए ।

एकीकृत समाजवादी समानताको सिद्धान्त र वैचारिक एकरूपताको आधारमा जोसँग पनि हातेमालो गर्दै अघि बढ्न तयार रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले एमाले वा अन्य कुनै पार्टीहरूमा विलय भने नहुने स्पष्ट पारे ।