नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सपथ

नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सपथ

कहिरन समाचार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुुक्ररबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेले रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको सपथ खुुवाएका हुन् ।

यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन-२ र वाग्ले तनहुँ-१ बाट निर्वाचित भएका थिए ।

यस्तै बाराबाट निर्वाचित उपेन्द्र यादव भने आजको शपथग्रहणमा उपस्थित भएना् । उनी बारामै रहेकाले काठमाडौं आएपछि शपथ लिनेछन् ।