प्रतिनिधिसभा बैठक: कार्यसूचीमै परेन संवैधानिक परिषद्सम्बन्धी विधेयक

प्रतिनिधिसभा बैठक: कार्यसूचीमै परेन संवैधानिक परिषद्सम्बन्धी विधेयक

कहिरन समाचार

काठमाडौँ । संवैधानिक परिषद्‌ सम्बन्धी विधेयकमाथी आज पनि छलफल नहुने भएको छ । प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा आज पनि सो विधेयक समावेश नभएपछि छलफल नहुने भएको हो ।

यसअघिको बैठकमा सो विधेयकमाथि छलफल गर्ने भनेर सम्भावित कार्यसूचीमा समावेश गरिएपनि अन्तिम समयमा हटाइएको थियो । अघिल्लो बैठकमा कार्यसूचीबाट हटाइएको सो विधेयक आज आउने अपेक्षा गरिएको थियो ।

सो विधेयक पारित हुन नसक्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधिस नियुक्त हुने बाटो खुल्न अझै सकेको छैन् । कायममुकायम प्रधानन्यायधिसबाट चल्दै आएको न्यायालयलाई नेतृत्वविहीन अवस्थाबाट मुक्त गराउनका लागि सो विधेयक पारित हुनु अनिवार्य छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्‌का अध्यक्ष ९प्रधानमन्त्री०लाई बिशेषाधिकारीसहितको सर्त राखेर विधेयकको प्रस्ताव गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने आपत्ति जनाएको छ । जसका कारण सो विधेयक संसद्‌मा पेश हुन सकिरहेको छैन ।

आजको बैठकमा संघीय संसद्‌ अन्तर्गतका संयुक्त तथा प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिका सदस्यहरूको नाम मनोनयन हुने भएको छ ।

आज संसद्‌ले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संसदीय समितिमा सदस्य मनोनयन मात्रै हुने उल्लेख छ ।