समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ : खिमलाल देवकोटा

समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ : खिमलाल देवकोटा

कहिरन समाचार

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका छन् । बुधवारको राष्ट्रिय सभा बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले समानुपातिक, समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गर्नुपर्ने बताए । त्यस्तै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको संख्या क्रमशः १६५ र ३३० मात्र बनाउनुपर्ने उनको भनाइ छ ।

‘प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीन पटक र पार्टी दलको नेतृत्व दुई कार्यकाल भन्दा बढी नहुने व्यवस्था गरौँ । समानुपातिक, समावेशि सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ’, उनले भने, ‘प्रतिनिधि सभा र प्रदेश सभाको संख्या २७५ र ५५० बाट घटाएर क्रमशः १६५ र ३३० मात्र बनाऊँ ।’

उनले नागरिकका समस्या र गुनासाहरु तत्कालै सम्बोधन हुने संयन्त्र बनाउन पनि माग गरे । सुशासनको प्रत्याभुति हुने र भ्रष्टाचार निवारणका कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न पनि उनले प्रस्ताव गरे ।