राष्ट्रिय सभाद्वारा संसदीय सुनुवाइ समितिमा तीन सांसद मनोनीत

राष्ट्रिय सभाद्वारा संसदीय सुनुवाइ समितिमा तीन सांसद मनोनीत

कहिरन समाचार

काठमाडौं । राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरूको मनोनयन गरेको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा तीनजना राष्ट्रिय सभा सदस्यलाई मनोनयन गरेको हो ।

समितिमा कांग्रेसबाट रमेशजंग रायमाझी, माओवादीबाट जगप्रसाद शर्मा, र एमालेबाट देवेन्द्र दाहाल मनोनीत भएका हुन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम बैठकमा जानकारी गराएका थिए ।

संघीय संसदको संयुक्त रहेको सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट तीनजना सदस्य रहने व्यवस्था छ । दलहरूले नाम नदिँदा प्रतिनिधिसभाले सदस्य मनोनित गर्न सकेको छैन ।