चितवन–२ बाट दोस्रो पटक रवि लामिछाने निर्वाचित

चितवन–२ बाट दोस्रो पटक रवि लामिछाने निर्वाचित

कहिरन समाचार

काठमाडौँ । चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतान्तर सहित निर्वाचित भएका छन् ।

चितवनबाट दोस्रो पटक निर्वाचित भएका लामिछानेले ५४,१७५ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११,११४ मत पाएका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । लामिछानेले गत मंसिर ४ को निर्वाचनमा भन्दा पनि बढी मत पाएका छन् ।

उनले आफ्नै रेकर्ड ब्रेक गरेका हुन् । गत मंसिर ४ गतेको निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजयी हासिल गरेका थिए । नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन २ मा उपनिर्वाचन भएको हो ।