उपनिर्वाचन: चितवनमा रविको जित सुनिश्चित, बारामा उपेन्द्र अगाडी

उपनिर्वाचन: चितवनमा रविको जित सुनिश्चित, बारामा उपेन्द्र अगाडी

कहिरन समाचार

काठमाडौँ । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।

लामिछानेले ४५ हजार ८४२ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३२९ मत पाएका छन् ।

रविको जित सुनिश्चित भएपछि कांग्रेस उम्मेदवार श्रेष्ठले मतदाताको दुःखसुखमा विगतको भन्दा अझै सशक्त ढंगले लाग्ने प्रतिबद्धता जनाएका छन् ।

यता बारा-२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम राखेका छन् । यादव ४ हजार ४ सयभन्दा बढी मत अन्तरले अगाडि छन् ।

पछिल्लो मतपरिणाम अनुसार यादवले १२ हजार ११९ मत पाउँदा उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ७ हजार ६९३ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ३२८ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले १९४१ मत पाएका छन् ।