तनहुँ-१ मा रास्वपाका वाग्ले निर्वाचित

तनहुँ-१ मा रास्वपाका वाग्ले निर्वाचित

कहिरन समाचार

काठमाडौँ । तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले फराकिलो मतान्तर सहित निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वीभन्दा १४ हजार ७९७ मत बढी प्राप्त गरेका छन् ।

वाग्लेले ३४ हजार ९१९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन् । यस्तै‚ नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन कार्यालयले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी छ ।