शीर्ष नेताबीच जुट्यो सहमति, टिआरसीमाथि विशेष समितिमा छलफल हुने

शीर्ष नेताबीच जुट्यो सहमति, टिआरसीमाथि विशेष समितिमा छलफल हुने

कहिरन समाचार

काठमाडौँ । शीर्ष नेताहरूबीच संसदीय समिति गठनमा सहमति जुटेको छ । आज सिंहदरबारमा बसेको शीर्ष नेताको बैठकले १० वटा विषयगत समितिमध्ये एमालेले लेखा समिति र राज्यको निर्देशक समितिको सभापति दिने सहमति भएको हो ।

साथै संवैधानिक परिषद्सम्बन्धी विवाद पनि मिलेको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्‍याउन १५ सदस्यीय विशेष समिति गठन गर्ने सहमति भएको गिरीले जानकारी दिए ।

त्यस्तै, संसदीय विशेष सुनुवाइ समितिको सभापति कांग्रेसले लिने सहमति भएको छ। उक्त समितिमा एमालेका तर्फबाट ४ जना सदस्य रहने सहमति भएको छ ।