वर्तमान सरकार जनताको नभइ दलाल पुजिपतिको हो : विप्लव

वर्तमान सरकार जनताको नभइ दलाल पुजिपतिको हो : विप्लव

कहिरन समाचार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिलेको सरकारले जनतामाथि मजाक गरिरहेको आरोप लगाएका छन् ।

कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिले सरकार जनताको नभइ दलाल पुजिपतिहरुको भएको दाबी गरेका हुन् ।

उनले वर्तमान राज्य व्यवस्था असफल भइसकेको भन्दै देशलाई स्वाधीन बनाउन र नागरिकलाई मालिक बनाउनका लागि वैज्ञानिक समाजवादको विकल्प नभएकाले त्यसका लागि बहसमा जुट्न पनि अन्य कम्युनिष्ट पार्टीहरूलाई आग्रह गरे ।

जनताको शासन सत्ता ल्याउनका लागि आफ्नो पार्टीले अन्य कम्युनिष्ट पार्टीहरूसँग खुला बहस गर्न चाहेको महासचिव विप्लवको भनाइ छ । उनले रुसमा लेलिनको नेतृत्वमा गरिएको रुसी क्रान्तिको स्मरण गराउँदै नेपालमा पनि निराश जनतालाई माथि उठाउन जनवादी सत्ता ल्याउनुको विकल्प नभएको दोहोर्‍याए ।

महासचिव विप्लवले नेपालमा वैदेशिक रोजगारी भित्र्याएर नेपाली जनतालाई पराधीन बनाउने कामको सुरुवात कांग्रेसले गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।