राप्रपाको संसदीय दलको सचेतकमा बिना लामा

राप्रपाको संसदीय दलको सचेतकमा बिना लामा

कहिरन समाचार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको सचेतकमा बिना लामालाई नियुक्त गरेको छ ।

राप्रपा अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले बुधबार धादिङबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद लामालाई सचेतकमा नियुक्त गरेका हुन् ।

राप्रपाले यसअघि संसदीय दलको प्रमुख सचेतकमा जुम्लाबाट निर्वाचित सांसद ज्ञानबहादुर शाहीलाई नियुक्त गरेको थियो ।