चुनावी खर्च विवरण सार्वजनिक गर्न निर्देशन

चुनावी खर्च विवरण सार्वजनिक गर्न निर्देशन

कहिरन समाचार

काठमाडौँ । निर्वाचन आयोगले गत मंसीर ४ मा भएको निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवारलाई खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

गत मंसीरमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सहभागी उम्मेदवारले आयोगलाई खर्च विवरण बुझाएका थिए । आयोगका अनुसार प्रतिनिधि सभाका दुई हजार ३७३ जना र प्रदेश सभाका पाँच हजार ५६१ जना उम्मेदवारले खर्च विवरण बुझाएका छन् ।

उनीहरूलाई सात दिनभित्र खर्च विवरण सार्वजनिक गर्न पनि आयोगले निर्देशन दिएको छ । खर्च विवरण सार्वजनिक गरी त्यसको जानकारी सम्बन्धित जिल्ला निर्वाचन कार्यालय वा जिल्ला प्रशासन कार्यालयलाई दिन पनि भनिएको छ ।

त्यस्तै, अहिलेसम्म खर्च विवरण नबुझाएका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारलाई पनि सात दिनको म्याद दिइएको छ । आयोगका अनुसार प्रतिनिधि सभाका ३५ र प्रदेश सभाका ३७ जना उम्मेदवारले अझै खर्च विवरण बुझाएका छन् ।

उनीहरूलाई खर्च विवरण किन नबुझाएको भन्दै स्पष्टीकरण मागेको छ । सात दिनभित्र खर्च विवरण सहित स्पष्टीकरण नदिएमा कारबाही हुने आयोगले जनाएको छ ।