चुनावीसभालाई सम्बोधन गर्न गठबन्धनका शीर्ष नेता तनहुँ जाने

चुनावीसभालाई सम्बोधन गर्न गठबन्धनका शीर्ष नेता तनहुँ जाने

कहिरन समाचार

काठमाडौं । बैशाख १० गते हुने उपनिर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जाने भएका छन् ।

तनहुँ– १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई भोट माग्न शीर्ष नेताहरु भोलि तनहुँ आउन लागेको नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बताए ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा भोलि दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका महासचिव देव गुरुङले आज दमौलीको चुनावीसभालाई सम्बोधन गर्दै छन् ।