यी हुन् आजको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यी हुन् आजको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

कहिरन समाचार

 

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९’ पेश गर्ने कार्यसूची छ ।

यस्तै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।