यो राष्ट्रिय सहमतिको न्यूनतम साझा कार्यक्रम हो : प्रधानमन्त्री

यो राष्ट्रिय सहमतिको न्यूनतम साझा कार्यक्रम हो : प्रधानमन्त्री

कहिरन समाचार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको बताएका छन् । बिहीवार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रमपछि बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अहिलेको न्यूनतम साझा कार्यक्रममा यसअघिको सरकारसँग रहेका दलहरू र अहिलेका सरकारमा रहेका दलहरूकै साझा रूपमा कार्यक्रम राखिएकाले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारको न्यूनतम साझा कार्यक्रम पहिलाको भन्दा धेरै विकसित र परिमार्जित भएर आएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाको न्यूनतम साझा कार्यक्रम, यसअघिको गठबन्धनबाट म प्रधानमन्त्री हुँदाको न्यूनतम साझा कार्यक्रम समेतलाई अध्ययन गरेर त्यसमा भएका सबै राम्रा कुरालाई अझ व्यवस्थित रूपमा सरकारको यो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम बनेको छ ।’

उनले न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि विशेष जोड दिन र कार्ययोजना बनाई अघि बढ्न निर्देशनसमेत दिए ।प्रधानमन्त्री प्रचण्डले न्यूनतम साझा कार्यक्रलाई कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारी, राजनीतिक दलहरू सबैको रहेको बताए ।