सरकारले पूर्णता पाएको छ महिनाभित्र नागरिकता विधेयक पारित गर्ने

सरकारले पूर्णता पाएको छ महिनाभित्र नागरिकता विधेयक पारित गर्ने

कहिरन समाचार

काठमाडौँ । सत्तारुढ गठबन्धनले सरकारले पूर्णता पाएको छ महिनाभित्र नागरिकता विधेयक पारित गर्ने प्रतिबद्धता जनाएको छ । सत्ता गठबन्धनले बिहीबार सार्वजनिक गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा कुनै पनि नागरिकलाई नागरिकताबिहिन नरहने गरी विधेयक पारित गर्ने उल्लेख छ ।

सरकारकी प्रवक्ता एव्म सञ्चार तथा सुचना मन्त्री रेखा शर्माले प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेतासमक्ष नीति कार्यक्रम प्रस्तुत गर्दै सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता विधेयक पारित गर्ने घोषणा गरिन् । विदेशमा रहेका नेपालीहरुले मतदान गर्न पाउने गरी निर्वाचन ऐन बनाउने पनि उनले बताइन् ।

सरकारको न्यूनतम साझा कार्यक्रममा राजश्वको दायरा बढाउन अनौपचारिक क्षेत्रलाई पनि समेटिने उल्लेख गरिएको छ । यसैगरी किसानलाई पेन्सन दिने लगायतका कार्यक्रममा पनि समेटिएको छ ।

सरकारको न्युनतम साझा कार्यक्रममा आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै जनजीविका, कृषि, पर्यटन र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

आज बिहान बलुवाटारमा बसेको गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रममा सैद्धान्तिक र नीतिगत सहमति जुटाएको थियो ।