माधव कुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल

माधव कुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल

कहिरन समाचार

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

मन्त्रिमण्डल विस्तारको गृहकार्यमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलका नेताहरुसँग बुधवार यता दिनहुँ जसो छलफल गर्दै आएका छन् । बिहीबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान समाजवादीका अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।

फागुन १२ पछि सत्ता समीकरण फेरिएसँगै कांग्रेस, एकीकृत समाजवादी, जसपालगायतलाई सरकारमा सहभागी गराएर मन्त्रिमण्डललाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ । एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएपछि प्रचण्डलाई १६ मन्त्रालयको जिम्मेवारी थपिएको छ ।