गगन थापा, शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंगोमा पुर्‍याउनुपर्ने

गगन थापा, शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंगोमा पुर्‍याउनुपर्ने

कहिरन समाचार

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन्।

शान्ति प्रक्रियाका काम बाँकी नै राखेमा यसले भविष्यमा झन् जटिलता निम्त्याउने पनि थापाले बताए।

गिरिजाप्रसाद कोइरालाको स्मृतिमा काठमाडौंको बत्तिसपुतलीमा आज भएको कार्यक्रममा बोल्दै थापाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न ढिलासुस्ती गर्न नहुने बताए।

‘शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंग्याउनुपर्छ। ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पुर्‍याउने काम गरे त्यो कसैलाई पनि मान्य हुँदैन,’ उनले भने, ‘राजनीतिक दलले तत्कालको नाफाघाटाभन्दा बाहिर निस्केर शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्‍याउन सबै दलहरूलाई आग्रह गर्दछु।’

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरू भएको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने नेतृत्व पनि कांग्रेसले नै लिनुपर्ने थापाले बताए।