उपराष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने

उपराष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने

कहिरन समाचार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपराष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने भएको छ । राप्रपा राष्ट्रपति निर्वाचनमा झैँ मतदान सहभागी नभई तटस्थ बस्ने भएको हो ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपराष्ट्रपति निर्वाचनमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाबाट प्रतिनिधिसभामा १४ र प्रदेश सभामा २८ सांसद छन् । उनीहरूको कुल मतभार दुई हजार ४५० हुन्छ ।

नयाँ उपराष्ट्रपति चयनका लागि आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान १० देखि दिउँसो ३ बजेसम्मको मतदानको समय निर्धारण गरिएको छ ।