उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी दर्ता

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी दर्ता

कहिरन समाचार

काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनका लागि चारजनाको मनोनयन दर्ता भएको छ । १० दलीय गठबन्धनबाटै तीन जना र नेकपा एमालेबाट एकजना गरी चारजनाको उम्मेदवारी परेको छ ।

जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको हो । प्रमिला यादवको प्रश्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव छन् भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिस सुमन छन् ।

त्यस्तै रामसहायप्रसाद यादवको प्रश्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी हुनुहुन्छ भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी छन् ।

त्यस्तै १० दलीय गठबन्धनबाट नै जनमत पार्टीकी नेता ममता झाले पनि उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । १० दलीय गठबन्धनबाट उनले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका हुन् ।

उनको प्रश्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव छन् भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी छन् ।

यता, नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रश्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ हुनुहुन्छ भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल छन् ।