एमाले केन्द्रीय कमिटी बैठकमा ११ एजेण्डा तय

एमाले केन्द्रीय कमिटी बैठकमा ११ एजेण्डा तय

कहिरन समाचार

नेकपा एमालेको पोलिटब्यूरो बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीका लागि ११ वटा एजेण्डा तय गरेको छ ।

पार्टी कार्यालय, च्यासलमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदनको सारांश प्रस्तुत गरेका थिए । भोलिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने पहिलो एजेण्डा छ ।

चुनावको तयारी, थपिएका चार जना केन्द्रीय सदस्यको सपथ र कार्यविभाजन, सचिवालयले गरेका निर्णयहरुको अनुमोदन, उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड, स्थानीय चुनाव भएको अन्तरघातबारे छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन पेश गर्ने पनि एजेण्डा रहेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

पार्टीका ५२ हजार ५५० संगठित सदस्यहरुको नम्बर दोहोरिएकाले त्यसको व्यवस्थापन गर्ने, सल्लाहकार परिषद् र तीन आयोगको प्रतिवेदन पेश गर्ने, प्रवास कमिटीसम्बन्धी नियमावली बनाउने पनि बैठकको एजेण्डा रहेको उनले सुनाए ।