चितवन-२ उपनिर्वाचन: १८ दललाई चुनाव चिन्ह प्रदान

चितवन-२ उपनिर्वाचन: १८ दललाई चुनाव चिन्ह प्रदान

कहिरन समाचार

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ दललाई आयोगले आज चुनाव चिन्ह प्रदान गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई गत मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याका आधारमा र प्रतिनिधिसभामा प्रतिनिधित्व नगर्ने राजनीतिक दललाई निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमका आधारमा उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने निर्णय भएको उल्लेख छ ।

आयोगले प्रकाशन गरेको दल दर्ताको सूची: