‘संसदीय व्यवस्थामा आएर राष्ट्रपति निर्वाचनमा सहभागी हुदैन भन्नु गलत’

‘संसदीय व्यवस्थामा आएर राष्ट्रपति निर्वाचनमा सहभागी हुदैन भन्नु गलत’

कहिरन समाचार

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवम् राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले संसदीय व्यवस्थामा आएर राष्ट्रपति निर्वाचनमा सहभागी हुदैन भन्नु गलत भएको बताएका छन् । बिहीबार संसद् भवनमा राष्ट्रपतिको निर्वाचन चलिरहेका बेला राष्ट्रपति चयनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सहभागी नहुने निर्णय लिनु गलत भएको उनले बताए ।

यसअघि एमालेसहितको गठबन्धन सरकारमा सामेल भएको राप्रपाले सभामुखसहित अन्य पदहरूमा एमाले उम्मेदवारलाई मत दिएको थियो । राष्ट्रपतिमा पनि राप्रपाले एमालेलाई मत दिने आकलन थियो । तर राप्रपाले बुधबार मात्रै राष्ट्रपति निर्वाचनमा मतदान नै नगर्ने निर्णय लिएको थियो ।

नेम्वाङले राप्रपाको मतदान नै नगर्ने निर्णय लिएर गलत गरेको बताउदै उनले भने, ‘उहाँहरूको निर्णय जे सुकै भएपनि म त्यसलाई सम्मान गर्छु । तर, यो अलिक ठीक भएन भन्ने मलाई लागेको छ । मैले त उहाँहरूको कार्यालयमै पुगेर सुझाव दिएका थिएँ । तपाईंहरू यही प्रक्रियामा अगाडि बढ्नुहोस् । यो प्रक्रियामा भाग लिएरै जनताको बीचमा जान सकिन्छ भनेर सुझाव दिएको थिएँ ।’