एमसीसी खारेजीमा भूमिका खेल्नेलाई राष्ट्रपतिमा सघाउछौँ : नेमकिपा

एमसीसी खारेजीमा भूमिका खेल्नेलाई राष्ट्रपतिमा सघाउछौँ : नेमकिपा

कहिरन समाचार

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीले एमसीसी खारेज गर्न भूमिका खेल्नेलाई राष्ट्रपतिमा सघाउने बताएको छ ।

भक्तपुरमा आयोजित एक कार्यक्रममा पार्टी सचिवसमेत रहेका प्रतिनिधिसभा सदस्य प्रेम सुवालले राष्ट्रपति चुनावमा एमसीसी खारेज गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाउनेलाई मत दिने शर्त अघि सारेका हुन् । सुवालले राष्ट्रपति उम्मेदवारहरूले भोट माग्ने मात्रै नभई प्रतिबद्धता आवश्यक भएको बताए ।

नेमकिपाले यही ब्यहोराको चिठी लेखेर राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङलाई पठाएको छ ।