दलले मौन अवधिमा कसलाई मत दिने भन्ने निर्णय सार्वजनिक गर्न नपाउने

दलले मौन अवधिमा कसलाई मत दिने भन्ने निर्णय सार्वजनिक गर्न नपाउने

कहिरन समाचार

काठमाडौँ । निर्बाचन आयोगले राष्ट्रपति निर्बाचनका बिषयमा बिभिन्न दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।

बिहीबार हुने राष्ट्रपतिको निर्वाचनका लागी आचारसंहिता लागु भइ मौन अवधि पनि सुरु भइसकेको अबस्थामा कुनै पनि दलले कुन उम्मेदवारलाई मत दिने भन्ने निर्णय सार्वजनिक गर्न नपाउने आयोगका सहायक प्रबक्ता सुर्यप्रसाद अर्यालले जानकारी दिए ।

राप्रपा, रास्वपा, नेमकिपा, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले अहिलेसम्म कसलाई मत दिने भनेर पार्टीको निर्णय गरिसकेका छैनन् । गएरातिदेखि मौनअवधि सुरु भइसकेकाकाले पार्टीले निर्णय गरेर सांसदहरुलाई सर्कुलर गरे पनि सार्वजनिक भने गर्न नमिल्ने उनले बताए । राप्रपाले यसबारे निर्णय लिन भोलि र रास्वपाले पर्सि बिहान बैठक बोलाएको छ ।

नयाँ राष्ट्रपतिका लागि आठ दलको समर्थनमा कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । राष्ट्रपतिको लागि पर्सि बिहिबार मतदान हुँदैछ