असमान तलब वृद्धिको विरोधमा ‘पेन डाउन’

असमान तलब वृद्धिको विरोधमा ‘पेन डाउन’

कहिरन समाचार

सरकारले असमान रुपमा तलब बढाएपछि नायब सुब्बाहरू विरोधमा उत्रिएका छन् । शाखा अधिकृतभन्दा माथिल्लो पदका कर्मचारीको तलब बजेट वक्तव्यमा उल्लेख भयभन्दा धेरै बढाइएपछि नायब सुब्बाहरू मंगलबारदेखि आन्दोलनमा छन् ।

तलबमान वृद्धि समान हुनुपर्ने उनीहरुको माग छ । नायब सुब्बाहरूले आज बिहान बिहान १० बजेदेखि ११ बजेसम्म पेन डाउन गर्ने भएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलका अनुसार खाजा खाने समय (दिउँसो १ बजेदेखि २ बजेसम्म) सबै नासुहरूले काम गर्नेछन् ।