सरकारको निर्देशन हुनासाथ जहाज खरिद प्रक्रिया अगाडि बढाउने

सरकारको निर्देशन हुनासाथ जहाज खरिद प्रक्रिया अगाडि बढाउने

कहिरन समाचार

 नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारको निर्देशन प्राप्त हुनासाथ आन्तरिक उडानमा जहाज खरिद प्रक्रिया अगाडि बढाउने बताएका छन् ।सोमबार पर्यटन मन्त्री सुदन किरातीलाई निगम मुख्यालयमा स्वागत गर्दै उनले यस्तो बताएका हुन ।

‘निगमको आफ्नै स्रोतले २/३ वटा जहाज किन्न सप्छ,’ उनले भने, ‘सरकारको निर्देशन प्राप्त हुनासाथ प्रक्रिया अगाडि बढाउछौं ।’

अब छिट्टै निगमले आफ्नो कार्ययोजना मन्त्रालयमा पेश गर्ने उनले बताए । राष्ट्रिय ध्वजाबाहकले नाफा भन्दा सेवालाई प्राथमिकता दिएर उडान सेवा दिनु पर्ने उनको तर्क छ ।