पाँच अर्बमाथिको कारोबार गर्ने कम्पनीलाई आईपीओको प्रकृयामा लगिने

पाँच अर्बमाथिको कारोबार गर्ने कम्पनीलाई आईपीओको प्रकृयामा लगिने

कहिरन समाचार

साउन १२, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पाँच अर्बभन्दा धेरैको कारोबार गर्ने कम्पनीलाई अनिवार्य आईपीओ निष्कासन प्रक्रियामा लैजाने जानकारी दिएको छ ।

बिहीबाट नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को धितोपत्र बजार तथा वस्तु विनियम बजार सम्बन्धी नीति तथा कार्यक्रमा बोल्दै बोर्डका अध्यक्ष रमेशकुमार हमालले ५ अर्बभन्दा बढिको कारोबार गर्ने कम्पनीलाई आईपीओ अनिवार्य हुने कानूनी प्रक्रिया तयार गर्दै गरेको जानकारी दिए ।

हमालले बुक बिल्डिङका लागि अटोमिटिक इलेक्ट्रोनिक सिस्टम बनाउने पनि जानकारी दिए । उनले पूँजी बजारबाट लगानीकर्तालाई हुनसक्ने क्षतिलाई कम गर्न क्षतिपूर्ति कोष पनि चाँडै सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।

नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्स्चेन्जको नयाँ आवेदन माग गर्ने घोषणा पनि गरेको छ । उनले वस्तु विनिमय बजार (कमोडिटी एक्स्चेन्ज) को नयाँ आवेदन माग गर्ने र लाइसेन्स दिने घोषणा गर्दै थप धितोपत्र दलाल व्यवसायी लाइसेन्स दिने र दोस्रो बजार पूर्ण रूपमा विद्युतीय कारोबारमा आधारित बनाउने जानकारी दिए ।