लामिछाने रास्वपा संसदीय दलको नेता चयन

लामिछाने रास्वपा संसदीय दलको नेता चयन

कहिरन समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहेका रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकमा अध्यक्ष लामिछाने दलको नेता चयन भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
उनले बैठकले अध्यक्ष लामिछानेलाई दलको नेतामा गरिएको प्रस्ताव अनुमोदन भएको बताए ।